• १३ असोज २०८३, मंगलबार
  • १ः०१ राती

प्रभु बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ११:०४

भदौ २३,२०८२ काठमाडौं – प्रभु बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले कुल ९ लाख ३१ हजार ८६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

National Life

सेयर खरिदका लागि हाललाई बैंकका संस्थापक सेयरधनीहरूलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ । इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बैंकका अनुसार तोकिएको समयसीमा भित्र संस्थापक सेयरधनीहरूले खरिदका लागि निवेदन नदिएमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया