• ३ असोज २०८३, शनिबार
  • २ः०१ दिउँसो

झापा इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला,भर्ने हैन त

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १२:१५

भदौ २०,२०८२ काठमाडौं –झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।

National Life

यस चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएर सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको हो। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्काशनको लागि इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १० मेगावाटको ग्रीडमा आबद्ध सौर्य आयोजनाको लागत करिब ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब ८ करोड ७९ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २२ वर्ष बाँकी छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको ९.५५ वर्ष र प्रोजेक्टको ८.०६ वर्ष तोकिएको छ भने डिस्काउन्टेड अवधिमा इक्विटीको १३.४६ वर्ष र प्रोजेक्टको १५.६६ वर्ष रहने अनुमान छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया