• ४ असोज २०८३, आइतबार
  • ८ः३८ बिहान

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि हुने

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०१:३२

भदौ १९,२०८२ काठमाडौं – संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ। आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने निर्वाचन भोलि साँझ ५ बजे सम्पन्न हुने सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।

National Life

सुनुवाइ समिति सभापतिको पद यही भदौ १० गतेदेखि रिक्त छ। तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद खाली भएको हो। न्यौपाने हाल राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन्।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको नियम २५ अनुसार राजीनामा दिएपछि सभापति पद रिक्त हुन सक्ने उल्लेख छ। रिक्त पदको पुनःपदपूर्तिको स्पष्ट व्यवस्था भने कार्यसञ्चालन नियमावलीमा छैन। तर नियमावलीको नियम ४४ अनुसार यस्ता विषय प्रतिनिधि सभा नियमावलीअनुसार सञ्चालन गर्न सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार संसदीय समितिको सभापति पद रिक्त भए १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सो प्रावधानको पालना गर्दै समयमै निर्वाचन गर्न लागिएको हो।

प्रतिकृया