• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता, यस्ता भए छलफल

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ११:५९

भदौ १५,२०८२ काठमाडौं – चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच तियानजिनमा भेटवार्ता भएको छ। भेटवार्ता शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनअघि सम्पन्न भएको हो।

National Life

भेटवार्तामा मोदीले गत वर्ष कजानमा भएको फलदायी छलफलले भारत–चीन सम्बन्धलाई सकारात्मक दिशा दिएको बताएका छन्। उनले सीमा विवादपछि दुवै देशबीच शान्तिपूर्ण वातावरण कायम भएको र द्विपक्षीय छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताए।

भारत–चीन सेनाबीच २०२० मा गलवान उपत्यकामा भएको झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हो। यस भ्रमणले अमेरिकासँग सम्बन्ध चिसिएको समयमा विश्वको ध्यान भारत–चीन सम्बन्धतर्फ केन्द्रित भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मोदीले २०१८ पछि चीनको यो छैटौं भ्रमण गर्नु भएको हो। यसअघि गत महिना भारतका विदेश मन्त्री एस. जयशंकरले पनि चीन भ्रमण गर्दै राष्ट्रपति सी जिनपिङ र विदेश मन्त्री वाङ यीसँग भेटेका थिए। जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद तथा अतिवाद विरुद्ध कडा अडान लिने विषयमा छलफल गरेका थिए।

मिडिया रिपोर्ट अनुसार, मोदी–सी जिनपिङबीचको भेटवार्ता मोदीको चीन भ्रमणका लागि रोडम्याप तयार गर्ने कार्यका रुपमा देखिएको छ।

प्रतिकृया