• ३ असोज २०८३, शनिबार
  • ६ः०३ बेलुका

नेप्से तीन दिनपछि उकालो, परिसूचक २१ अंकले बढ्यो

प्रकाशित मिति

२०८२ भाद्र ९ गते, सोमबार ०३:४७

भदौ ९,२०८२ काठमाडौं –  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २,७६१.२६ विन्दुमा पुगेको छ। पछिल्ला तीन दिनदेखि ओरालो लागेको बजार यस दिन भने हरियाली देखिएको हो।

National Life

सेन्सेटिभ इन्डेक्स ३.१८ अंक, फ्लोट इन्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०७ अंकले वृद्धि भएको छ। नेप्सेमा सुधार देखिए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३१७ स्टकको ५७ हजार १५७ पटकको कारोबारमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर किनबेच भयो। आइतबार भने ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

नारायणी डेभलपमेन्ट बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। नारायणी बैंकको १०० प्रतिशत हकप्रद समायोजन भएको दिन नै शेयर सर्किट लागेको हो। साथै, साना किसान लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य पनि ५% भन्दा बढीले बढेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबार रकमको हिसाबले नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। यसको ७६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि हिमालयन रि इन्स्योरेन्स (२३ करोड) र हिमालयन डिष्टिलरी (२० करोड) शीर्ष तीनमा रहे।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ। ‘अन्य’ उपसमूह २.७९ प्रतिशतले उकालो लाग्दै शीर्षमा रह्यो। लघुवित्त उपसमूह पनि साढे १ प्रतिशतले बढेको छ। केवल उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूह भने सामान्य अङ्कले घटेका छन्।

प्रतिकृया