• ४ असोज २०८३, आइतबार
  • ५ः४० बिहान

भियतनामी उपराष्ट्रपति सुआनद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

प्रकाशित मिति

२०८२ भाद्र ९ गते, सोमबार ०६:०१

भदौ ९,२०८२ काठमाडौं –  समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले सोमबार ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन्।

National Life

नेपालको तीनदिने औपचारिक भ्रमणमा शनिबार काठमाडौं आइपुगेकी सुआनले भ्रमणको अन्तिम दिन पाटन दरबार क्षेत्र अवलोकन गरेकी हुन्। उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतका स्थानीय पदाधिकारीहरूले स्वागत गर्दै दरबार क्षेत्र घुमाएका थिए।

अवलोकनका क्रममा उपराष्ट्रपति सुआनले विभिन्न स्थलमा नेपाली अधिकारीहरूसँग फोटोसुट समेत गरिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएकी सुआनको यो भ्रमण भियतनामकोतर्फबाट नेपालमा भएको पहिलो उच्चस्तरीय भ्रमण मानिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी आज साँझ स्वदेश फर्किएकी छन्।

प्रतिकृया