• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

स्वस्तिक लघुवित्तले भोलि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दै

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०२:०६

श्रावण २९,२०८२ काठमाडौं —स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री गरिसकेको थियो भने दोस्रो चरणमा बाँकी शेयर सर्वसाधारणलाई बेच्ने तयारी गरेको हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसअघि असार २७ देखि साउन ९ सम्म वैदेशिक रोजगारीमा रहेका २३ हजार १०० कित्ता शेयर निष्कासन गरिएको थियो।

अब बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री हुनेछन्। कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित १२,७०५ कित्ताबाहेक बाँकी शेयर सर्वसाधारणलाई खुला हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा आवेदन दिने न्यूनतम सीमा १० कित्ता र अधिकतम ५ हजार कित्ता रहेको छ। आवेदन दिने अन्तिम मिति भदौ ३ गते हो। इच्छुक आवेदकले मेरो शेयर एप, आस्बा सेवा अन्तर्गतका बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन र बाँडफाँडको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम संकेत गर्दछ।

प्रतिकृया