• ४ असोज २०८३, आइतबार
  • १२ः३२ राती

छुट्ला है ! झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार १०:३७

श्रावण २८,२०८२ काठमाडौं —झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको प्रथम चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्कासन सुरु गरेको थियो।

National Life

नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको आईपीओअन्तर्गत कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरिएको थियो।

आयोजना प्रभावितका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर निष्कासन गरिएको थियो। वैदेशिक रोजगारीका लागि आरक्षित आईपीओ साउन १८ गते नै बन्द भइसकेको छ भने आयोजना प्रभावितका लागि आरक्षित आईपीओ आज साँझ ५ बजेपछि बन्द हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय आरक्षणको आधा (१ लाख ९० हजार ९५ कित्ता) शिवसताक्षी नगरपालिका–४ भित्र आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकका लागि र बाँकी आधा सो क्षेत्र बाहेकका स्थानीयका लागि छुट्याइएको छ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँ र अधिकतम ५ लाख रुपैयाँ लगानी गर्न सकिनेछ।

ईक्रा नेपाल लिमिटेडले झापा इनर्जीलाई ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्छ।

प्रतिकृया