• १५ असोज २०८३, बिहीबार
  • ३ः३९ दिउँसो

सांसद कार्की सुझाव — वैकल्पिक विकास वित्त परिचालनका लागि कानुन चाँडो पारित गर्नुपर्छ

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०३:०९

श्रावण २६,२०८२ काठमाडौँ — पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालनमार्फत विकासको गतिलाई तीव्र पार्नुपर्ने बताएका छन्।

National Life

सोमबार अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा बोल्दै उनले मुलुकको पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता हुनेगरी कानुन छिटो पारित गर्नुपर्नेमा जोड दिए।

“नयाँ सोचका साथ ल्याइएको यो कानुन समितिबाट चाँडो पारित हुनुपर्छ। अहिले छलफलमा ढिलाइ भइरहेको छ, जसले वैकल्पिक विकास योजनामा बाधा पुर्‍याइरहेको छ,” कार्कीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार स्रोत अभावको समस्या समाधान गर्न र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ। उनले विधेयकमा धेरै कुरा स्पष्ट भएको पनि बताए।

प्रतिकृया