रूपन्देही–३ को उपनिर्वाचन : रास्वपाले आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै
प्रकाशित मिति
२०८२ श्रावण २२ गते, बिहीबार ०९:५०
श्रावण २२ ,२०८२ रूपन्देह – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) रूपन्देही क्षेत्र नं. ३ का लागि पार्टीका तर्फबाट उपनिर्वाचनका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ।
पार्टीले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारका लागि आवेदन खुला गरेको थियो। सो अवधिमा प्राप्त आवेदनहरूमध्ये इच्छुक व्यक्तिहरूको नामावली बिहीबार बिहान १० बजे सार्वजनिक गरिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। पार्टीका केन्द्रीय सदस्य कुसुम महर्जन, रूपन्देही–३ का क्षेत्रीय सभापति लगायतले उम्मेदवारीका लागि आवेदन दिएका छन्। उम्मेदवारहरूको नाम सार्वजनिक भएपछि शुक्रबार (साउन २३) र शनिबार (साउन २४) दाबी–विरोध पेश गर्ने समय तोकिएको छ।
शुक्रबार र शनिबारको प्रक्रिया पूरा गरेपछि शनिबार नै औपचारिक रूपमा उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। त्यसपछि साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने र साउन २६ गते प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। साउन २७ देखि भदौ ११ गतेसम्म उम्मेदवारहरूको लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी (राजनीतिक निकटता) र समावेशिता मापन हुने रास्वपाले जनाएको छ। त्यसपछि भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूबीच प्रारम्भिक निर्वाचन गराइनेछ। अन्ततः भदौ १५ गते रास्वपाले आफ्नो आधिकारिक उम्मेदवार तय गर्नेछ।
रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।








प्रतिकृया