• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

सामान्य अंकको वृद्धि गर्दै नेप्से बन्द, कारोबार रकम घट्दै

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०३:३४

श्रावण २१ ,२०८२ काठमाडौं  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर २८३६.३५ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन मंगलबार करिब ४१ अंकले घटेको बजार आज भने २.३५ अंकको सामान्य वृद्धि गर्दै सकारात्मक बन्द भएको हो।

यस दिन फ्लोट इन्डेक्स ०.११ अंकले बढ्दा, सेन्सेटिभ इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेका छन्।

Kamana Sewa

नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आजको दिन ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ३२० स्टकको ९३,१८५ पटकको कारोबारमा कुल २ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो। पछिल्ला ८ कारोबार दिनदेखि कारोबार रकम घट्दो क्रममा रहेको छ।

Classic Tech Desktop

आजको दिन विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर का शेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, समाज लघुवित्त र स्वाभिमान लघुवित्तका शेयर मूल्यमा करिब ८ प्रतिशतको वृद्धि देखिएको छ। यता, शेयरमूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

प्रतिकृया