• ३ असोज २०८३, शनिबार
  • ३ः०४ दिउँसो

माओवादी केन्द्रको पदाधिकारी बैठक आज, यी बिषयमा हने छलफल

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०१:४३

श्रावण १४, २०८२ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। बैठकमा आगामी शनिबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

National Life

पार्टीले यसअघि फागुनदेखि सञ्चालन गरेको जनतासँग माओवादी विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित गरिएको थियो। अब उक्त अभियान पुनः सुरू गर्ने कि विशेष महाधिवेशनमा लैजाने भन्ने विषयमा स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।आजको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको तयारी तथा सम्भावित निर्णयहरूबारे मस्यौदा तय गर्नेछ।

यसैबीच, उपमहासचिव जनार्दन शर्माले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायमार्फत जाँच हुनुपर्ने माग उठाएका छन्। साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा सार्वजनिक अभिव्यक्तिपछि पार्टीभित्र यसबारे मतभेद देखिएको छ। शर्माले मंगलबार पार्टीको विशेष महाधिवेशन माग गर्दै चार बुँदे प्रस्ताव पनि अघि सारेका छन्। आजको बैठकमा यस प्रस्तावमाथि पनि गम्भीर छलफल हुने माओवादी नेता तथा सचिव दिनानाथ शर्माले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया