• ६ असोज २०८३, मंगलबार
  • ९ः०४ बिहान

आज बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार १०:५२

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९३ हजार रुपौयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक लाख ६६ हजार ६६५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ८० रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिकृया