मुख्यमन्त्री लामाको रणनीतिक काउण्टर : तीन मन्त्री नियुक्त, दुईको नियुक्ति तयारीमा
प्रकाशित मिति
२०८२ श्रावण १४ गते, बुधबार ११:५०
श्रावण १४, २०८२ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार तीन जना मन्त्री नियुक्त गरेका छन्। नियुक्त हुनेमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ छन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ।
मुख्यमन्त्री लामाले बाँकी दुई मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्ने तयारी थालेका छन्। उनका स्वकीय सचिव छत्रबहादुर लामाका अनुसार बाँकी दुई मन्त्रीको टुंगो लगाउन छलफल भइरहेको छ।
यसअघि नेपाली कांग्रेसको तर्फबाट मन्त्री रहेका पाँचै जनाले साउन ९ र १३ गते राजीनामा दिएका थिए। उनीहरूले मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए। तर, सांसद माया श्रेष्ठले प्रस्तावमा हस्ताक्षर गरे पनि अन्ततः लामाको पक्षमा मतदान गरेकी थिइन्। उनी र गीता गुरुङ दुबै जना चितवन प्रतिनिधित्व गर्ने सांसद हुन् भने गोविन्द लम्साल धादिङबाट प्रतिनिधित्व गर्छन्।
मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलबाट हटे पनि पद जोगाउन सक्रिय छन्। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नयाँ नेता चयन गर्न आज बैठक बस्ने तयारी गरेको छ।






प्रतिकृया