• २१ असोज २०८३, बुधबार
  • ३ः४५ राती

भोलिदेखि झापा इनर्जीले आईपीओ ल्याउँदै

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०२:१२

श्रावण १३ ,२०८२ काठमाडौं । झापा इनर्जी लिमिटेडले भोलि सोमबार (साउन १४ गते)देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को पहिलो चरण सार्वजनिक गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

National Life

नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति प्राप्त गरी ल्याइने यो आईपीओ कम्पनीको पहिलो चरणको हो। यसमा आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले मात्र आवेदन दिन सक्नेछन्।

आयोजनाबाट प्रभावित स्थानीयहरूका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका मध्ये झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ स्थित आयोजना स्थलको १०० मिटरभित्र बसोबास गर्ने नागरिकले १ लाख ९० हजार ९५ कित्ताका लागि आवेदन दिन सक्नेछन्, भने सो क्षेत्र बाहेकका स्थानीयले बाँकी १ लाख ९० हजार ९५ कित्तामा आवेदन दिन पाउनेछन्।आयोजना प्रभावित स्थानीयले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्ने छन्। सो अवधिमा आवेदन पर्याप्त नपरेमा म्याद भदौ १२ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा गएकाहरूले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्, र आवश्यकता अनुसार म्याद साउन २८ गतेसम्म लम्ब्याइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीयहरूले हिमालयन बैंकका दुधे, दमक–१, दमक–२ र सुरुंगा शाखा तथा माछापुच्छ्रे बैंकका सुरुंगा र दमक शाखा कार्यालयबाट तथा आयोजनास्थलबाट भौतिक रूपमा फाराम लिएर आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

झापा इनर्जीले क्रेडिट रेटिङ एजेन्सी ईक्रा नेपालबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। कम्पनीले सञ्चालित १० मेगावाटको ग्रिडमा आबद्ध सौर्य आयोजना निर्माणको कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ, भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। लगानी फिर्ता हुने अवधि इक्विटीको हिसाबले ९.५५ वर्ष र प्रोजेक्टको हिसाबले ८.०६ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। बिक्री प्रबन्धकको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिकृया