• २३ भदौ २०८३, मंगलबार
  • २ः५९ दिउँसो

संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ताप्रति सभामुख घिमिरेको चासो, राष्ट्रपति भेट्न पुगे शीतल निवास

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार १२:१४

श्रावण ९,२०८२ काठमाडौं । राष्ट्रपतिद्वारा फिर्ता गरिएको संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयकप्रति सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म विपरीत परिषदले बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै बिहीबार उक्त विधेयक पुनर्विचारका लागि फिर्ता गरेका थिए। त्यसलगत्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।

National Life

श्रोतका अनुसार, सभामुख घिमिरेले विधेयक फिर्ता गरिएको विषयमा राष्ट्रपति समक्ष चासो राखेका थिए। साथै, उनले आगामी जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे पनि जानकारी गराएका छन्। सभामुख घिमिरे जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया