• १४ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

नेप्से लगातारको उकालो यात्रा, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०३:२६

श्रावण ७,२०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ९.६१ अंकले वृद्धि भई २९८३.३१ बिन्दुमा कायम भएको छ। लगातारको उकालो यात्रा पछिल्लो समय बजारमा लगानीकर्ताको उत्साह कायम रहेको देखिन्छ।

National Life

नेप्सेका अनुसार आज ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार कित्ता शेयर किनबेच भएका छन्। कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ पुगेको छ, जुन पछिल्ला दिनहरूमध्ये उच्च कारोबार हो।

आजको बजारमा ७ उपसूचकहरू हरियालीमा देखिए भने ६ उपसूचकहरू राताम्य बनेका छन्। कुल ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरू स्थिर रहे।

Classic Tech Mobile
Classic Tech Desktop

बजारको मिश्रित प्रवृत्तिले लगानीकर्ताहरू अझै सतर्क र छानबिनमा आधारित रणनीति अपनाइरहेको संकेत गर्दछ।

प्रतिकृया