• १३ असोज २०८३, मंगलबार
  • ८ः३१ बिहान

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ लाख १४ हजार संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ११:०७

श्रावण ७,२०८२ काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त शेयर हालका संस्थापक शेयरधनीलाई मात्र खरीद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

National Life

इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफ्नो किन्न चाहेको शेयर संख्या र मूल्य खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्ने बैंकले जनाएको छ। बैंकले तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभए बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ।

बैंकले शेयर कारोबार पारदर्शी र नियामक निकायको निर्देशनअनुसार अघि बढाउन प्रक्रिया सुरु गरेको बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया