• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

पूर्व राष्ट्रपति भण्डारीको स्पष्ट घोषणा : “अब पछाडि फर्किन्न”

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०७:३८

श्रावण ६ ,२०८२ काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फिर्ता भइसकेको स्पष्ट पार्दै अब पछाडि नफर्किने घोषणा गरेकी छन्। आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अबको यात्रामा दृढताका साथ अघि बढ्ने बताइन्।

भण्डारीले स्मरण गरिन् कि राष्ट्रपतिको भूमिकामा पनि आफू पार्टीकै निर्णयअनुसार पुगेकी थिइन्। उनले खुलासा गरिन्, “०७० सालमै पार्टीले मलाई सभामुख बनाउने प्रस्ताव गरेको थियो। पछि राष्ट्रपतिको अफर आउँदा पनि निर्णय गर्न मलाई रातभर निन्द्रा लागेन।” उनका अनुसार छोरीहरूले “राष्ट्रपतिमा गएर बुवाको सपना कसरी पूरा हुन्छ?” भन्ने प्रश्न गरेपछि मात्रै उनले राष्ट्रपतिको जिम्मेवारी स्वीकारेकी थिइन्। “म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन,” उनले भावुक हुँदै भनिन्।

Kamana Sewa

राष्ट्रपतिका रूपमा लिएका निर्णयहरू, विशेषतः संसद् विघटन सदर गर्ने निर्णयको सन्दर्भमा उनले अहिलेसम्म पनि आफूले गल्ती नगरेको स्पष्ट पारिन्। “मैले त्यो निर्णय लिएर कुनै पछुतो छैन,” भण्डारीको दोहोरो भनाइ छ। भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश नेकपा (एमाले) भित्र विवादको विषय बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई राजनीतिमा फर्किन नहुने सुझाव दिएका थिए भन्ने चर्चा छ। सचिवालयदेखि केन्द्रीय कमिटी बैठकसम्म उनका समर्थक नेताहरूले आलोचना गरेका छन्, भने ओली पक्षधर नेताहरूले पार्टी अध्यक्षमा विकल्प नखोजिनुपर्ने स्पष्ट पारेका छन्।

Classic Tech Desktop

भण्डारीले भने आफूलाई समर्थन गर्ने नेताहरूलाई ओली पक्षले धम्क्याएको संकेत गरेकी छन्। “मेरो पक्षमा बोलेको भन्दै कतिपय नेता तथा कार्यकर्तालाई आतंकित तुल्याइएको छ,” उनले आरोप लगाइन्। एमालेभित्रको शक्ति संघर्षमा भण्डारीको पुनः प्रवेशले नयाँ तरंग ल्याएको विश्लेषकहरू बताउँछन्।

प्रतिकृया