सुनचाँदीको मूल्यमा वृद्धि
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार १०:५२
श्रावण ६ ,२०८२ काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। आज चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ३५ रुपैयाँले बढी हो। अघिल्लो दिन चाँदीको मूल्य २ हजार २८५ रुपैयाँ थियो।
महासङ्घका अनुसार आज १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार ६१० रुपैयाँ रहेको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ८९ रुपैयाँ रहेको छ। सुनचाँदीको मूल्यमा आएको यो उकालो प्रचलित अन्तर्राष्ट्रिय बजार मूल्य, डलर विनिमय दर र स्थानीय माग आपूर्तिको प्रभावका कारण भएको मानिन्छ।








प्रतिकृया