• १३ असोज २०८३, मंगलबार
  • २ः३६ राती

काठमाडौंका दुई स्थानमा सिटिजन्स बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार १२:१२

साउन १,२०८२ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री रणनीतिअन्तर्गत काठमाडौं उपत्यकाका दुई प्रमुख स्थान—नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

National Life

‘गाडी चार्ज प्रा.लि.’सँगको सहकार्यमा स्थापना गरिएको सीसीटीयू सिंगल गन प्रविधियुक्त चार्जिङ स्टेशनको क्षमता ४० किलोवाट रहेको छ। आज एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले चार्जिङ स्टेशनहरूको उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले वातावरणीय संरक्षणमा सघाउ पुर्‍याउने उद्देश्यले इभी चार्जिङ पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारिएको जानकारी दिए । उनका अनुसार आगामी दिनमा देशका सातै प्रदेशमा बैंकका आफ्नै भवनमा यस्ता चार्जिङ स्टेशनहरू स्थापना गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

चार्जिङ स्टेशनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि सहज रूपमा उपलब्ध हुनेछन्। सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त उपकरणमार्फत छरितो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यस पहलले दिगो ऊर्जा उपयोग, प्रदूषण न्यूनीकरण तथा जलवायु संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बैंकले यसअघि पनि वातावरणीय अभियान अन्तर्गत सातै प्रदेशमा १,८०० भन्दा बढी विरुवा रोपण गरिसकेको छ।

प्रतिकृया