• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार १२:५६

असार  २६, २०८२ काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले साधारण जनता समक्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ।

National Life

कम्पनीको असार २५ गते बिहान साढे ११ बजे बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार दिउँसो २ बजे, कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा विशेष साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने प्रस्तावमा छलफल गर्नेछ। साथै, आईपीओबाट उठ्ने रकम खर्च प्रयोजन र उपयोग क्षेत्र सम्बन्धमा समेत निर्णय लिने एजेन्डा रहेको छ।

त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्रका केही उपदफा संशोधन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक परेमा सोही अनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। कम्पनीले आईपीओ निष्कासनमार्फत आवश्यक पूँजी संकलन गरी आयोजना निर्माण र अन्य आवश्यक खर्चमा उपयोग गर्ने योजना बनाएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया