• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

हिमालयन हाइड्रोपावरका ९० लाखभन्दा बढी शेयरको लकइन असार २७ मा समाप्त

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०३:१५

असार  २५, २०८२ काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडका ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि यही पर्सि, असार २७ गते समाप्त हुँदैछ। तीन वर्षको बन्दाबन्दी (लकइन) अवधिपछि अब ती शेयरहरू दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

National Life

लकइन अवधिमा रहेका शेयरमध्ये कम्पनीका संस्थापकहरूको ८७ लाख कित्ता, आयोजना प्रभावितको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर रहेका छन्।

कम्पनीले वि.सं. २०७९ असार २८ गते सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सो दिनदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारी समूहका शेयरहरू लकइनमा राख्न निर्देशन दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

लकइन अवधि सकिएसँगै ठूलो संख्यामा शेयर बजारमा आउन सक्ने भएकाले त्यसको प्रभाव कम्पनीको शेयरमूल्यमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया