• २१ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

बढ्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ११:४२

असार १२ , २०८२ काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया