• २१ असोज २०८३, बुधबार
  • ५ः२४ बिहान

नागरिकता विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने : गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ०३:२०

असार ११ , २०८२ काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता सम्बन्धी विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने स्पष्ट पारेका छन्।बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् ।

National Life

“मैले पाएको जानकारीअनुसार १४ गते नागरिकता विधेयक प्रतिनिधि सभामा पेस हुँदैछ, त्यसलाई १४ गते नै पास गर्छौं,” गृहमन्त्री लेखकले भने, “यो महिनाभित्रै विधेयक टुंग्याउन सके राम्रो हुन्छ।” समितिबाट छोटो समयमै छलफल गरी विधेयक टुंगोमा पुर्‍याइएको उल्लेख गर्दै उनले संसदबाट छिटो पारित गर्ने तयारी गरिएको जानकारी दिए।

साथै गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरि सदनमा पेश गर्ने वातावरण बनाउन आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया