• २१ असोज २०८३, बुधबार
  • ५ः२७ बिहान

छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार १२:१२

असार १० , २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको समिति अस्वीकार गर्ने निर्णय गरेको छ। पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बनेको समितिको निष्पक्षता प्रश्नवाचक भएको र आरोपित व्यक्ति स्वयं संयोजक भएकाले स्वीकार्न नसकिने पार्टीको भनाइ छ।

National Life

पार्टी प्रवक्ता मनिष झाले “यो केवल आरोपितलाई जोगाउन बनाइएको प्रपञ्च हो” भन्दै समितिप्रति असहमति जनाए। रास्वपाले आज पनि संसद अवरुद्ध गर्ने बताएको छ। छानबिन समिति पुनर्गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै पार्टीले वेल घेराउ र बहिष्कार जस्ता कदम चाल्दै आएको छ। यद्यपि, सभामुख देवराज घिमिरेले संसद बैठक चलाइरहेका छन्।

आजको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ, तर रास्वपाको सहभागिता नहुने प्रवक्ता झाले स्पष्ट पारेका छन्। संसदमा विरोधको स्वरूपबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बसिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया