• ३ असोज २०८३, शनिबार
  • ११ः५३ बिहान

लुम्बिनीकी सांसद रायमाझीमाथि पक्राउ पुर्जी जारी

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार ०४:५३

असार ८, २०८२ काठमाडौं ।  लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएको छ। जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

National Life

पर्साको पोखरियाकी आशाकुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्। जनमतकै नेतृ आशाकुमारीसँग सुमनले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन्। फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो । सांसद रायमाझी हाल फरार छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया