नेशनल लाईफ इन्स्योरेन्स को ३७ औं साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०८२ असार ५ गते, बिहीबार ०८:५५
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमीटेडको ३७ औं साधारण सभा आइतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा अध्यक्षले समिक्षा वर्ष २०८०र८१ मा अर्थतन्त्र चुनौतीपुर्ण रहेको उल्लेख गरीन् । कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ती श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, उर्जा र अन्य वस्तुहरुमा मूल्य वृद्धि भएको एवं देश भरमा सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ ब्यवस्था प्रभावित भएकोमा हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएतापनि वाह्य सूचकांकहरु सकारात्मक रहेका र आन्तरिक आर्थिक अवस्थामा केही समय पश्चात सुधार आउने अपेक्षा गरीन् ।
आ.व.२०८०र०८१ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क २१ र ९० प्रतिशतले बृद्धि भई २०४९ र१२ रुपैयाँ करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा १३६८ र १८ करोड रुपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा २१ र ७० प्रतिशतले बृद्धि भई वर्षान्तमा ७९६० र १८ करोड रुपैयाँ पुगेको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा ८३२ र ८२ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । कूल लगानी १७.३५ प्रतिशतले बृद्धि भई ७०१५ र ४६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आ।व।२०८० र ०८१ मा सो दर ९ र १७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थय र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

३७ औं वार्षिक साधारण सभाले आ.व. २०८० र ०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,२१,२१,३३,९८२० मा १० प्रतिशतका दरले नगद लाभांश ५२,१२,१३,३९८२० र ५ प्रतिशतका दरले वोनस शेयर लाभांश २६,०६,०६,६५४ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ४,११,४८,४१८ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अरब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु ५,२१,२१,३३,९८२० मा ५ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु ५,४७,२७,३९,७३६ पुगेको छ ।
कम्पनीको ३३ वौं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदाविधी समाप्त भई ३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट ३ जना संचालकहरु प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अप्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना संचालकहरु कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ ।
सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरे ।




प्रतिकृया