• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ०३:२५

असार ३, २०८२ काठमाडौं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो ।  यस दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ । यस दिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।

National Life

यस दिन पनि  पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् ।  आज सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिकृया