• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०३:२८

असार १, २०८२ काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा बन्द भएको छ ।

National Life

सेयर बजारमा सुधार आउँदा यस दिन सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको ८७ करोड २० लाख ९७ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख ९१ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५० करोड ७४ लाख २९ हजार रुपैयाँ, माउन्टेन इनर्जी डेभलपमेन्टको ५० करोड ३८ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिकृया