• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

ट्रेड टावरको आईपीओ असार १ गते बाँडफाँड, १८ लाखभन्दा बढीको हात खाली

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०१:२३

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असार १ गते आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आइपीओ बाँडफाँडको मिति तय गरिएको हो ।

कम्पनीको आईपीओमा माग अत्याधिक देखिएपछि गोलाप्रथामार्फत बाँडफाँड प्रक्रिया अघि बढाइने भएको हो । कम्पनीको ३२ लाख ९६ हजार ५०५ कित्ता शेयरका लागि २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन् । उनीहरूले माग गरेको कित्ता संख्या २ करोड ५७ लाख ७९ हजार ७९० रहेको छ, जुन निष्काशन गरिएको कित्ताभन्दा ७.८२ गुणा बढी हो ।

Kamana Sewa

आवेदकहरूमध्ये जम्मा ३ लाख २९ हजार ६५० जनालाई मात्र शेयर प्राप्त हुनेछ भने बाँकी १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ । यसले अधिकांश लगानीकर्ताले आईपीओ नपाउने देखिएको छ ।

Classic Tech Desktop

प्रतिकृया