• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

माओवादी अब गृहमन्त्रीको राजीनामाको मागबाट पछि, निष्पक्ष छानबिनमा जोड

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०१:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको दुई सातादेखिको गतिरोध अन्त्य गर्न अधिकतम् पहल गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारीहरूको बैठकले भिजिट भिसा प्रकरणका कारण स्थगित भइरहेको संसद् सञ्चालनमा सकारात्मक भूमिका खेल्ने निष्कर्ष निकालेको हो।

Kamana Sewa

बैठकपछि जारी गरिएको जानकारीअनुसार, माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी दलको हैसियतले संसद् सुचारु गराउन संवाद र सहकार्यको मार्ग रोज्ने तयारी गरेको छ।

Classic Tech Desktop

“संसदीय प्रक्रिया अबरुद्ध हुनु मुलुक र जनताप्रति उत्तरदायी नहुने हुँदा, भिजिट भिसा प्रकरणमा सत्यतथ्य बाहिर ल्याउने सन्दर्भमा समेत हामीले संसदीय मर्यादाअनुसार भूमिका खेल्नेछौं,” बैठकमा सहभागी एक नेताले बताए।

सत्तापक्ष र प्रतिपक्षबीचको संवाद अभावका कारण संसद् गतिहीन बन्दै जाँदा नीतिगत र विधेयकीय कार्यहरू प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा माओवादी केन्द्रको पहललाई संसद् सुचारु गर्ने दिशामा सकारात्मक संकेतको रूपमा हेरिएको छ।

प्रतिकृया