• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

पूर्णपाठ आएपछि मात्र धारणा सार्वजनिक गर्छु: अग्नि सापकोटा

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतको बुधबारको फैसलाबारे पूर्णपाठ आएपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

National Life

बिहीबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको माओवादी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले बाहिर भइरहेका प्रचारमा कुनै सत्यता नरहेको दाबी गरे।

“पूर्णपाठ आएपछि मेरो आधिकारिक धारणा सार्वजनिक हुन्छ,” सापकोटाले भने, “यस विषयमा बाहिर भइरहेकाका प्रचारमा कुनै सत्यता छैन।”

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतले बुधबार द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटाविरुद्ध प्रहरी अनुसन्धानको बाटो खुलेको हो।

सापकोटा तत्कालीन माओवादी लडाकु समूहका शीर्ष नेतामध्येका एक हुन्। उनी त्यस समय काभ्रेका इन्चार्जको भूमिकामा थिए।


प्रतिकृया