• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

गृहमन्त्रीले संसदमा बोल्ने मौका नपाएपछि पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०३:४६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन गरेर उनले आफ्नो धारणा सार्वजनिक गर्ने लागेका हुन् ।

National Life

मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन्।गृहमन्त्रीको सचिवालयका एकजना सदस्यका अनुसार संसद्मा उभिएर जवाफ दिने परिस्थिति नबनेको अवस्थामा पत्रकार सम्मेलनमार्फत लेखकले धारणा सार्वजनिक गर्न लागेका हुन् ।

उनले संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे स्पष्टीकरण दिन लागेका हुन् । तर, पत्रकार सम्मेलनको समय अहिले तय भइसकेको छैन । ‘

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया