माओवादी केन्द्रद्वारा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग
प्रकाशित मिति
२०८२ जेष्ठ १२ गते, सोमबार १२:४५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। अध्यागमन विभागमार्फत नेपाली नागरिकलाई भिजिट भिसामा विदेश पठाउने प्रकरणमा गृह मन्त्रालयका कर्मचारी मुछिएको भन्दै माओवादी केन्द्रले गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्ने बताएको छ।
सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ूगृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ, ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्।ू उनले छानबिनमा कुनै हस्तक्षेप नहोस् भन्ने उद्देश्यले गृहमन्त्रीले पदबाट अलग हुनुपर्ने बताए।

सापकोटाका अनुसार अध्यागमन प्रकरणमा गृह मन्त्रालयका कर्मचारीको संलग्नता देखिएपछि चौतर्फी रूपमा गृहमन्त्रीको राजीनामाको माग उठिरहेको छ। उनले नेपाली कांग्रेसभित्रकै केही नेताहरूले समेत गृहमन्त्री लेखकको राजीनामा माग गरिसकेको स्मरण गराए।
यस प्रकरणले सत्ता पक्षभित्र पनि तरंग ल्याएको छ भने प्रतिपक्षी दलले सरकारको नैतिक आधारमा प्रश्न उठाउन थालेका छन्।




प्रतिकृया