रोशनी शाहीको सुसाइड नोट फेला
प्रकाशित मिति
२०८२ जेष्ठ १२ गते, सोमबार १२:३५
काठमाडौँ । आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने प्रहरीले जनाएको छ । शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् ।
शाहीको शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् । छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि नोटमा उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।

श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए । लामो समयसम्म ढोका नखुलेपछि घरधनीले चित्रजंगलाई फोन गरेर जानकारी गराए । डिप्रेसनको औषधी खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे । परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो ।’

५० वर्षीया रोशनीले ओभर डोज औषधी खाएको आशङ्का गरिएको छ । शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।




प्रतिकृया