• 7:36 am

भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध

प्रकाशित मिति

२०८२ बैशाख २४ गते, बुधबार ०६:०३

वैशाख २४, २०८२ काठमाडौँ: भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि ७ राज्यका १८ विमानस्थलमा उडान बन्द गरेको छ । यी मध्ये प्रमुख एयरपोर्टहरू श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर रहेका छन् ।

यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका छन् । समाचार एजेन्सी पीटीआईले अस्थायी रूपमा बन्द गरिएका ११ विमानस्थलको नाम दिएको भए पनि ७ वटाको नाम भने खुलाइएको छैन । एयर इन्डिया, इन्डिगो, स्पाइसजेट, एयर इन्डिया एक्सप्रेस, अकासा एयर र केही विदेशी एयरलाइन्सले लगभग २०० उडानहरू रद्द गरेका छन् ।

जम्मू कश्मीर, पञ्जाब र राजस्थानका धेरै जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन् । करतारपुर करिडोर पनि बन्द गरिएको छ । यहाँबाट सिख भक्तजनहरू पाकिस्तानको करतारपुर साहिबको दर्शन गर्न जाने गर्थे ।

अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको १५ दिन पछि, भारतले मंगलबार राति पाकिस्तान र पीओकेमा रहेका ९ आतंकवादी अड्डाहरूमा हवाई हमला गरेको थियो ।

प्रतिकृया