राष्ट्रिय प्रत्यारोपण केन्द्रको १३ औं बार्षिक उत्सव सम्पन्न
प्रकाशित मिति
२०८२ बैशाख १२ गते, शुक्रबार ०१:१९

वैशाख १२, २०८२ काठमाडौँ: शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र्र १३ औँ बर्षमा प्रबेश गरेको छ । उक्त समारोहमा आयोजित आयोजित विशेष कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा आप्mनो मन्तव्य व्यक्त गर्दै मन्त्री पौडेलले मानब अंग प्रत्यारोपण चिकित्सा विज्ञानको जटिल र उत्कृष्ट विधा भएको तथा नेपालमा प्रत्यारोपण सेवाकोे विकास भएको लामो समय नभएता पनि सर्वसुलभ रुपमा विश्वस्तरीय सेवा दिन प्रत्यारोपण केन्द्र सफल भएको छ भन्नुभयो । नेपालमा प्रत्यारोपणको विकास र विस्तारमा डा पुकार चन्द्र श्रेष्ठको योगदान रहको र उहँको नेतृत्वमा ४ वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु भई सकेकोमा खुसी भएको कुरा बताउनु भयो । केन्द्रको पहलमा नै बाँकी प्रदेशमा सरकारको घोषणा अनुरुप सुदुर पश्चिमको गेटामा, मधेश प्रदेशको नारायणी अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल वा बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार गर्न तयारी भई रहेको छ । प्रत्यारोपण सेवाको शुरुवात गर्नुृ मात्र ठूलो कुरा नभएकोले यसलाई दिगो र विश्वासिलो बनाउन जनशक्तिको आवश्यकता पर्ने हुँदा तालिम दिई दक्ष जनशक्ति विकास गर्ने जिम्मेवारी केन्द्रको नै रहेको हुँदा यसको विकास गर्नु जरुरी रहेको कुरा बताउनु भयो ।
अंग प्रत्यारोपणको लागि अङ्गदाताको आवश्यकता पर्ने हुन्छ । अङ्ग फेल भएका विरामीले मात्र चाहेर हुुन नसक्ने हुँदा काूननको आवश्यक परिमार्जन गरी सहज बनाउन प्रयास भई रहेको औंल्याउँनु भयो । मन्त्री स्वयंले मस्तिष्क मृत्यु पश्चात काम लाग्ने आफ्नो सम्पूर्ण अंगदान गरिसकेको र अरुलाई पनि अंगदान गर्नको लागि आह्वान गर्नुभयो । सरकारले मस्तिष्क मृत्यू पश्चात अंगदाता परिवारलाई रु एक लाख पचास हजार र अंगदाता अस्पताललाई रु पचहत्तर हजार दिने व्यवस्था भएको कुरा स्मरण गराउनु भयो ।
अंग फेल भएका र प्रत्यारोपण गर्नु पर्ने विरामीको संख्या धेरै रहेकोले केन्द्रको विकासको लागि थप उपयुक्त जग्गा यथाशक्य छिटो उपलब्ध गराउनको लागि चाँगुनारायण नगरपालिका तथा स्थानीय प्रशासनलाई अनुरोध गर्नु भयो । यदि जग्गा उपलब्ध गराउन ढिला गरेमा यो केन्द्र भक्तपुरबाटै अन्यत्र सुविधा सम्पन्न भौतिक पूर्वाधार भएको ठाउँमा जान सक्ने कुरा समेत बताउनु भयो । भक्तपुरमा भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, र प्रत्यारोपण केन्द्र रहेकोले यो मेडिकल हब बन्न सक्ने कुरा बताउनु भयो ।
केन्द्रले छोटो समयमा अङ्ग प्रत्यारोपण क्षेत्रमा पु–याएको योगदानको उच्च मुल्याङ्गन गर्दै केन्द्रमा कार्यरत कर्मचारीहरुलाई विशेष इन्सेन्टिभ दिने गरी छिटै निर्णय हुने कुरा समेत बताउनु भयो ।
सोही कार्यक्रममा केन्द्रको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रका प्रमुख डा पुकार चन्द्र श्रेष्ठले बर्षिक करिव २०० जनाको मृगौला प्रत्यारोपण, १५ जनाको कलेजो प्रत्यारोपण गर्ने गरेको र हाल सम्म १४०१ जनाको मृगौला तथा ३३ जनाको कलेजो प्रत्यारोपण गरी सकेको जानकारी गराउनु भयो । केन्द्रको प्रविधिक सहयोगमा काठमाण्डौ उपत्यका बाहिर ३ वटा प्रदेशको सरकारी अस्पतालहरुमा २० जनाको सफल मृर्गौला प्रत्यारोपण गरि सकेको र वार्षिक ३५ हजार सेसन भन्दा वढी संख्यामा हेमोडायलाइसिस सेवा, यूरोलोजी सेवा, क्याथ ल्याव तथा कार्डियोलोजी सेवा, ग्याष्ट्रो हेपाटोलोजी सेवा प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, फिजियोथेरापी सेवा र विरामीको आवश्यकता अनुसार गाइनाकोेलोजी, छाती सम्बन्धी पल्मोनोलोजी, नाक कान घाँटी र दाँत सम्बन्धी परार्मश सेवा उपलब्ध गराइरहेको तथा देशमै पहिलो पटक मस्तिष्क मृत्यु पश्चात अङ्गदान र प्रत्यारोपण सेवा संचालन गर्दै आएको जानकारी गराउनु भयो ।
देश भरी सेवा विस्तार गर्न आवश्यक पर्ने जनशक्ति उत्पादनको लागि केन्द्रलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गर्नको लागि सरकार समक्ष धेरै पटक प्रस्ताव गरेका स्मरण गर्नु भयो ।
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले उत्कृष्ट कार्य गरेको यस प्रत्यारोपण केन्द्रको भौतिक पूर्वाधार विकासको लागि थप जग्गा उपलब्ध गराउनको लागि प्रतिवद्द रहेको कुरा औंल्यानु भयो ।
सोही कार्यक्रममा बोल्दै बागमती प्रदेश सभासद मा. सुरेश श्रेष्ठले केन्द्रको सेवा उत्कृष्ट रहेको र देशै भरीबाट भक्तपुरमा उपचारको लागि आउने गरेको औंल्याउदै चाँगु नारायण नगरपालिका वडा नं. ३ को जग्गाले मात्र नपुग्ने हुँदा सोही नगरपालिका वडा नं. ८ मा रहेको जग्गा उपलब्ध गराइ क्रमशः शैक्षिक भवन र अस्पताल सेवा विस्तार गराउन उपयुक्त हुने व्यहोरा सहितको निर्णय चाँगुनारायण नगरपालिकाबाट भई सम्बन्धित निकायमा पेश भई सकेको हुँदा थप कारवाही अगाडी बढाइदिन मा स्वास्थ्य मन्त्री ज्यू समक्ष माग गर्नु भयो ।
प्रतिकृया