• २३ भदौ २०८३, मंगलबार
  • ३ः०७ राती

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने प्रयास गरे देशमा आगो बल्छ : कमल थापा

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार ०३:१६

चैत्र २७, २०८१ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने टिप्पणी गरेका छन्।

National Life

बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थपाले सत्तामा आफ्नो वर्चश्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाएका हुन्।

‘सायद प्रधानमन्त्रीले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न खोज्नुभएको आभास पाइन्छ। केही राजनीतिक दलहरूले आफ्नो वर्चश्वलाई कायम गर्न, आफ्नो व्रम्हलुटलाई सुरक्षित गर्नको निमित्त संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लाग्नुभएको देखिन्छ,’ उनले भने, ‘म विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु प्रमुख राजनीतिक दलका नेताहरूलाई यो धृष्टता गर्नुभयो भने देशमा आगो बल्छ। त्यो आगोको पहिलो शिकार तपाइँहरू हुनुहुन्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

चैत १५ को घटनाबाट आफूहरू कति पनि बिचलित नभएको उनको भनाइ छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो।

प्रतिकृया