• २३ भदौ २०८३, मंगलबार
  • ५ः३२ बिहान

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले दियो मानव अधिकार आयोगमा निवेदन

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार ०२:२८

चैत्र २७, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ । गत शुक्रबार लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती गरेकाले मावनअधिकार आयोगको ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ ।

National Life

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, बागमती प्रदेश सभापति अच्युतम लामिछानेसहितका नेताहरू बुधबार मध्याह्न पुल्चोक हरिहर भवनस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेर ध्यानाकर्षण गराएका थिए।

‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो,’ बुर्लाकोटीले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सुप्रिम सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आदेशपछि शुक्रबार राति नै काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको घरमा प्रहरी पुगेको थियो । उनलाई पक्राउ गर्दा न्यायिक प्रक्रिया नपुर्‍याएको र पक्राउ गर्न गएका प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द प्रयोग गरेको रास्वपा नेताहरुको आरोप छ ।

लामिछानेलाई सोमबार रूपन्देही कारागारमा थुनामा पठाइएका छन् ।

प्रतिकृया