• २३ भदौ २०८३, मंगलबार
  • ९ः१० बिहान

करछली नियन्त्रणमा सरकार गम्भीर : अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार १२:१८

चैत्र २७, २०८१ काठमाडौँ: “कर र सार्वजनिक वित्त व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण” भन्ने नारासहित लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

National Life

उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रणाली सुधार, करको दायरा विस्तार र करछली रोक्न सरकार गम्भीर भएको बताए। उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा लेखा व्यवसायीहरूको योगदान आवश्यक रहेको उल्लेख गरे।

‘सुशासन, पारदर्शिता, स्रोतको अधिकतम र उच्चतम प्रयोगका निम्ति यस संस्था र संस्थामा आबद्ध हुनुभएका यहाँहरूप्रति राष्ट्रले ठूलो आशा गरेको छ,’ उनले भने, ‘त्यो अपेक्षा पूरा गर्न यहाँहरूबाट अझ प्रभावकारी र संगठित प्रयास हुनेछ भन्ने विश्वास छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कर र वित्त व्यवस्थापन सुधारले सरकारको योजना र आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताए।

आईक्यान अध्यक्ष प्रवीणकुमार झा र अडान उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले कर प्रणाली सुधार, प्रविधिको प्रयोग, पारदर्शिता र जवाफदेहितामा जोड दिए।

भारतका चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आईसीएआई) का अध्यक्ष चरनजोत सिंह नन्दाले नयाँ आएको प्रविधिको प्रयोगले सार्वजनिक वित्त व्यवस्थापनलाई थप पारदर्शी, प्रभावकारी बनाउने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका मुख्य वक्ता रहेका दक्षिण एसियाली लेखापाल महासङ्घका अध्यक्ष असफाक युसुफ तोलाले ‘आर्थिक समृद्धिका लागि नवप्रवर्तनकारी सार्वजनिक वित्त व्यवस्थापन र कर नीतिहरू’ सम्बन्धमा प्रकाश पारेका थिए ।

सम्मेलनमा ७ सत्रमा विभिन्न विषयमा छलफल हुनेछ भने १,००० भन्दा बढी लेखा व्यवसायी सहभागी छन्।

प्रतिकृया