• 4:30 am

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०८१ चैत्र २६ गते, मंगलवार १०:३४

चैत्र २६, २०८१ काठमाडौँ: विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका-८ बस्ने २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया