चीनमाथि थप ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रकाशित मिति
२०८१ चैत्र २६ गते, मंगलवार ०९:५२

चैत्र २६, २०८१ काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको प्रभाव विश्वभरका देशहरुमा पर्ने देखिएको छ । ट्रम्पले लगाएका करका कारण अमेरिकादेखि एसिया र युरोपको शेयर बजारमा ठूलो गिरावट आएको छ ।
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप कर लगाउने धम्की दिएका छन् । ट्रम्पले लगाएको करको बदलामा गत हप्ता चीनले जवाफी कर लगाउने घोषणा गरेपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा थप कर लगाउने धम्की दिएका हुन् ।
ट्रम्पले लेखेका छन्- ‘यदि चीनले अप्रिल ८ सम्ममा ३४ प्रतिशत कर वृद्धि फिर्ता लिएन भने, अमेरिकाले अप्रिल ९ देखि चीनमाथि थप ५० प्रतिशत कर लगाउनेछ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता धेरै देशहरूविरुद्ध पारस्परिक कर घोषणा गरेपछि पहिलो पटक सोमबार युरोपेली संघका वाणिज्य मन्त्रीहरू लक्जमबर्गमा बैठक गर्दैछन् । ट्रम्पको कर घोषणापछि, विश्वभर बजार र अर्थतन्त्रमा उथलपुथल आएको छ र विज्ञहरुले विश्वव्यापी अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिएका छन् ।
प्रतिकृया