• २३ भदौ २०८३, मंगलबार
  • ४ः०७ बिहान

चीनमाथि थप ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

प्रकाशित मिति

२०८१ चैत्र २६ गते, मंगलवार ०९:५२

चैत्र २६, २०८१ काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको प्रभाव विश्वभरका देशहरुमा पर्ने देखिएको छ । ट्रम्पले लगाएका करका कारण अमेरिकादेखि एसिया र युरोपको शेयर बजारमा ठूलो गिरावट आएको छ ।

National Life

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप कर लगाउने धम्की दिएका छन् । ट्रम्पले लगाएको करको बदलामा गत हप्ता चीनले जवाफी कर लगाउने घोषणा गरेपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा थप कर लगाउने धम्की दिएका हुन् ।

ट्रम्पले लेखेका छन्- ‘यदि चीनले अप्रिल ८ सम्ममा ३४ प्रतिशत कर वृद्धि फिर्ता लिएन भने, अमेरिकाले अप्रिल ९ देखि चीनमाथि थप ५० प्रतिशत कर लगाउनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता धेरै देशहरूविरुद्ध पारस्परिक कर घोषणा गरेपछि पहिलो पटक सोमबार युरोपेली संघका वाणिज्य मन्त्रीहरू लक्जमबर्गमा बैठक गर्दैछन् । ट्रम्पको कर घोषणापछि, विश्वभर बजार र अर्थतन्त्रमा उथलपुथल आएको छ र विज्ञहरुले विश्वव्यापी अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिएका छन् ।

प्रतिकृया