प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राबीच भेटवार्ता हुँदै
प्रकाशित मिति
२०८१ चैत्र २० गते, बुधबार ०७:५२
चैत्र २०, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता हुँदैछ ।
दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुने कर्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यो कुनै पनि नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गरेको पहिलो पटक हो ।




प्रतिकृया