• ३ असोज २०८३, शनिबार
  • ४ः०९ बेलुका

कस्तो रहनेछ आजको मौसम ?

प्रकाशित मिति

२०८१ चैत्र २० गते, बुधबार ०७:५८

चैत्र २०, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।

माहाशाखाका अनुसारदेशका अधिकांश भू(भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले स्वास्थ्य, दैनिक जनजीवन प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया