• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०८ राती

नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

प्रकाशित मिति

२०८१ चैत्र १७ गते, आईतवार १०:४८

चैत्र १७, २०८१ काठमाडौँ: काठमाडौँको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन् ।

National Life

शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ -०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा गाडी चालक भिमेश्वर -४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

प्रतिकृया