चन्द्रागिरिमा युवकद्वारा आत्मदाहको प्रयास, उद्धारपछि अस्पतालमा उपचार जारी
प्रकाशित मिति
२०८१ फाल्गुन २८ गते, बुधबार १२:३८
फाल्गुण २८, २०८१ काठमाडौँ: काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । गएराति साढे १२ बजे स्थानीय ३५ वर्षीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनलाई परिवारका सदस्य र स्थानीयले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएका थिए । कार्कीको अनुहार र हातमा जलन भएको तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताए ।
फेसबुक लाइभमा कार्कीले आफूलाई एक युवतीले मानसिक तनाव दिएको, प्रहरी प्रशासनले आफ्नो कुरा नसुनेको, साथै परिवारका सदस्यहरू कष्टमा परेको भन्दै आत्मदाहको प्रयास गरेको उल्लेख गरेका थिए ।
यसअघि, उनले अभद्र व्यवहार सम्बन्धी मुद्दामा १८ दिन हिरासतमा बिताएको र सोही घटनाका कारण पारिवारिक सम्बन्धमा असर परेको बताएका छन् ।
हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया