• ३ असोज २०८३, शनिबार
  • ९ः१३ राती

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ११:५२

माघ २५, २०८१ काठमाडौँ: नेपाली बजारमा लगातार तीन दिन बढेको सुनको मूल्य शुक्रबार घटेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो । सुन आज तो‍लाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १६ सय, बुधबार २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया