• ४ असोज २०८३, आइतबार
  • ३ः४७ राती

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८१ पुष २८ गते, आईतवार ११:२९

पुष २८, २०८१ काठमाडौँ: नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया