• १९ भदौ २०८३, शुक्रबार
  • २ः५७ दिउँसो

वाइडबडीबारे संसदीय छानबिन समिति गठन गर्न रास्वपाको माग

प्रकाशित मिति

२०८१ पुष २३ गते, मंगलवार ०२:४९

पुष २३, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले वाइडबडी जहाज खरिदमा भएको अनियमितता छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै सांसद खनालले वाइडबडी प्रकरणमा देखिएका भ्रष्टाचारका विषयलाई छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि चर्चामा आएको छ। नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड रुपैयाँ नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्। नेपालमा अख्तियारले मुद्दा दायर गरेको भए पनि विशेष अदालतले अख्तियारकै छानबिन प्रक्रियामाथि प्रश्न उठाएको छ।’

Kamana Sewa

सांसद खनालले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति आवश्यक रहेको बताए। उनले भने, ‘जसले छानबिन गर्नुपर्ने हो, त्यसै निकायमाथि प्रश्न उठेका कारण स्वतन्त्र छानबिनको आवश्यकताको विषय झन् बलियो बनेको छ। त्यसैले संसदीय छानबिन समिति बनाएर पछिल्ला घटनाक्रमको गहिरो अध्ययन गर्नुपर्छ।’

Classic Tech Desktop

रास्वपाभित्रै पनि यस विषयमा छलफल भएको उनले जानकारी गराए। पार्टीको आन्तरिक छलफलपछि सांसद खनालले मंगलबारको समितिमा यो माग प्रस्तुत गरेका हुन्।

प्रतिकृया